१६ जनालाई सहिद घोषणा गरेको देउवा सरकारले गरेका यी हुन् सात निर्णय,मन्त्रिपरिषद् बैठले अरु के-के गर्यो?



हाम्रो इकोनोमि

भरखरै सकिएको मन्त्रिपरिषद् बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न सकेन।

बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो। यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

सिंहदरबारमा बसेको बैठकले अन्य केही निर्णय गरेको छ।

यस्ता छन् आजका निर्णय-

-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।

-२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।

-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।

-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।

-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।

-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।

-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

२०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

आज बिहान सकिएको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो।

२०३६ कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो। तत्कालीन पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखीसल्लाका १६ सर्वसाधारणको हत्या गरेको थियो।

आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुखबारे भने निर्णय गर्न सकेन तर अन्य ७ वटा निर्णय भने गरेको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...