१६ जनालाई सहिद घोषणा गरेको देउवा सरकारले गरेका यी हुन् सात निर्णय,मन्त्रिपरिषद् बैठले अरु के-के गर्यो?



भरखरै सकिएको मन्त्रिपरिषद् बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न सकेन।

बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो। यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

सिंहदरबारमा बसेको बैठकले अन्य केही निर्णय गरेको छ।

यस्ता छन् आजका निर्णय-

-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।

-२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।

-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।

-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।

-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।

-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।

-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

२०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

आज बिहान सकिएको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो।

२०३६ कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो। तत्कालीन पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखीसल्लाका १६ सर्वसाधारणको हत्या गरेको थियो।

आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुखबारे भने निर्णय गर्न सकेन तर अन्य ७ वटा निर्णय भने गरेको छ।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी