सिंहदरवारमा कार्यदलको बैठकले यसरी मिलाउदैछ भागबण्डा,एमाले संसदीय दल बाट आयो बामलाई यस्तो खुसीको खबर



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले तयारी सुरु गरेका छन्।
यसका लागि आजै सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयका बैठक hudaichh । बैठक केही क्षणमै सुरु हुने बताइएको छ।

२५ पुषमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले उपरोक्त दुई विषयमा समान धारणा बनाउन कार्यदलको गठन गरेको थियो।
गठन भएलगत्तै २६ पुषमा दुबै पार्टीका अध्यक्षले कार्यदललाई मार्ग निर्देशन दिएका थिए।

बैठक तत्काल बस्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ ले निर्देशन दिएपनि कार्यदलका सबै सदस्य काठमाडौंमा नभएकाले बैठक बस्न सकेको थिएन।

एमालेका सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका मातृका यादव काठमाडौं बाहिर थिए।
पाण्डे र यादव दुबैजना काठमाडौं आएपछि बैठक बसेर राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारका विषयमा छलफल सुरु गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...