सिंहदरवारमा कार्यदलको बैठकले यसरी मिलाउदैछ भागबण्डा,एमाले संसदीय दल बाट आयो बामलाई यस्तो खुसीको खबर



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले तयारी सुरु गरेका छन्।
यसका लागि आजै सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयका बैठक hudaichh । बैठक केही क्षणमै सुरु हुने बताइएको छ।

२५ पुषमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले उपरोक्त दुई विषयमा समान धारणा बनाउन कार्यदलको गठन गरेको थियो।
गठन भएलगत्तै २६ पुषमा दुबै पार्टीका अध्यक्षले कार्यदललाई मार्ग निर्देशन दिएका थिए।

बैठक तत्काल बस्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ ले निर्देशन दिएपनि कार्यदलका सबै सदस्य काठमाडौंमा नभएकाले बैठक बस्न सकेको थिएन।

एमालेका सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका मातृका यादव काठमाडौं बाहिर थिए।
पाण्डे र यादव दुबैजना काठमाडौं आएपछि बैठक बसेर राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारका विषयमा छलफल सुरु गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...