मन्त्रिपरिषदको बैठक सुरु, प्रदेश प्रमुख तोक्दै अरु के-के निर्णय गर्दैछन् देउवा



हाम्रो इकोनोमि

आजै प्रदेश प्रमुख तोक्ने चर्चाकामाझ मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ।

केही बेर अघिदेखि बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए।

सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्न भन्दै राजनीतिक सहमति नजुटे पनि आज प्रदेश प्रमुख नियुक्त गर्ने लागेको हो वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए। ‘प्रदेश प्रमुख तोकिएन भने प्रदेश सभाका सदस्यहरूले शपथ ग्रहण गर्नका लागि संवैधानिक बाधा अड्चन सिर्जना हुन्छ,’ उनले भने,‘ त्यसो भएको हुनाले शुक्रवारको मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्नैपर्ने स्थितिमा पुगेका छौँ।’

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको उनले बताए।

तर प्रदेशको अस्थायी राजधानी भने आज नै तोक्ने सम्भावना कमै रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...