नवराज सिलवाल भूमिगत बनेपछी आईजीपी अर्याल थला परे,गोबिन्द केसी समाते लगत्ते बाट बिदा बसेका अर्याललाई यसरी घेर्यो तनाबै-तनाब



हाम्रो इकोनोमि

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल तीन दिन विरामी विदा लिएर बसेका छन । मंगलबारदेखि विदामा बसेका उनको छातीमा ईन्फेक्सन भएको बताइएको छ । उनि अहिले घरमै आराम गरि रहेको अर्याल निकट स्रोतले जानकारी दियो । संयोग नै भन्नु पर्छ सर्वोच्च अदालतको आदेशमा अनसनमा बसेका डा गोविन्द केसिलाई पक्राउ गरेसंगै उनि विदामा बसेका हुन ।

प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले केसिको गिरफ्तारिका बारे आफुलाई जानकारी समेत नगराएको अभिव्यक्तिपछि अर्याल विदामा बसेका हुन । अर्याल विदामा बसेपछि अपराध अनुसन्धान विभागका प्रमुख एआईजी बमबहादुर भण्डारी निमित्त आईजीपी बनेका छन ।

यता कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।
सरकारी दस्तखत छाप कीर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिइ बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।
ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायो । काठमाडौं प्रहरीले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन्। सिलवालले आफू कार्यक्रमको सिलसिलामा मलेसिया पुगेको दाबी गरेका छन्। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा सिलवाल देश बाहिर गएको देखिदैन।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...