कवड्डी प्रतियोगिता : महिला पुरुष दुबैतर्फ आर्मी फाइनलमा



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बर्दियाको भुरिगाउँमा आयोजित राष्ट्रिय प्रतिस्पर्धामा पुरुष तर्फ पश्चिमाञ्चलले पनि शसस्त्र प्रहरीलाई हराउँदै फाइनलमा पुगेको छ । शसस्त्र प्रहरीलाई ४१–२४ अंकले पश्चिमाञ्चलले पराजीत गरेको हो । महिला तर्फ सुदुरपश्चिम र मध्यमाञ्चल विच प्रतिस्पर्धा भैरहेको आयोजकले जनाएको छ ।

सेमी फाइनल सकिए लगत्तै पुरुष तर्फ आर्मी र पश्चिमाञ्चल महिला तर्फ आर्मी र सुदुरपश्चिम वा मध्यमाञ्चल विच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...