आलु उत्पादनमा ३० प्रतिशत वृद्धि, एकै जिल्लाबाट एक बर्षमा ३६ करोडको आलु उत्पादन



जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ ।

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो ।

यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यस वर्ष करिब १०० मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको विष्टले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन् । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउनुहुन्छ ।

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ ।

हिउँदे बाली लगाउँदा जंगली जनावरले नष्ट गर्ने हँुदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन् । गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताउनुहुन्छ । आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ ।

यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५५५ हेक्टर क्षेत्रफलमा र बर्खे आलुखेती २८५ हेक्टरमा क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो ।

छत्तिस करोडको आलु उत्पादन

डडेल्धुरामा आव २०७३/७४ मा रु ३६ करोड मूल्य बराबरको आलु उत्पादन भएको थियो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आधुनिक प्रविधीकरणका किसानको आलुखेतीका बारेमा ज्ञान बढ्दै गइरहेको छ ।

गत वर्षदेखि डडेल्धुराबाट ठूलो परिमाणमा आलु अन्य जिल्ला निर्यात भइरहेको छ । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत किसानलाई आलुको बीउदेखि अन्य आर्थिक र प्राविधिक सहयोग प्राप्त हुन थालेको छ ।

जिल्लामा वर्षको दुईपटक आलुखेती हुँदै छ । बर्खे आलुबाट बढी फाइदा हुने गरेको अमरगढी–७ पोखराका लक्ष्मी कामीले बताउनुभयो । बर्खामा आलु कम उत्पादन हुने भएकाले मूल्य बढी पाउने उहाँ बताउनुहुन्छ । किसानले अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ सम्ममा बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक