ओली बैंकक गएकै दिन ‘रअ’का प्रमुख धसमानले दिल्ली छोडे,बैककमा ओली संग भेट हुने बुझे पछी यसरी झस्कियो माओबादी



हाम्रो इकोनोमि

माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन अगाडि एकीकृत पार्टीको अध्यक्ष दिन ओली नै सकारात्मक नदेखिएको बताइएको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले अहिले पनि एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति रहने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

एमालेले तीन वटै पद आफूसँग राख्ने हो भने किन पार्टी एकीकरणको अवाश्यकता प-यो भनेर माओवादीका नेताहरूले प्रश्न गर्न थालेका छन् । मंगलबार बालकोटमा बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठकमा माओवादीका नेताहरूले पार्टी एकीकरणमा लिखित प्रतिवद्धता गरेर जान प्रस्ताव गरेका थिए ।

तर, ओलीले आफू उपचारका लागि बैंकक जान लागेको भनेर माओवादीको लिखित प्रतिवद्धतालाई पन्छाइदिएका थिए । माओवादीका एक नेताले भने,‘पार्टी एकीकरण गर्ने कुरा चलेको छ । पार्टी एकीकरण गर्नेबारे लिखित प्रतिवद्धता गरेर जाऔँभन्दा एमालेका नेताहरू मान्दैनन् ।’
एमालेले लिखित प्रतिवद्धता नगरेकै कारण विशेष मौकामा धोका दिने हो कि भनेर माओवादी नेताहरू डराइ रहेका छन् ।

एमाले र माओवादी केन्द्रको नयाँ सरकार बन्ने पक्का छ । यदि माओवादीले धोका दियो भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई लिएर सरकार बनाउने योजनामा ओली छन् । एमालेका एक नेताले भने,‘माओवादीले धेरै निहूँ नखोजे पनि हुन्छ । एमालेसँग अनेक बिकल्प छन् ।’ यो कुरा थाहा पाएरै माओवादीले एमालेसँग बारम्बार लिखित प्रतिवद्धताको कुरा उठाउने गरेको हो ।

एकहप्तासम्म बैंककमा रहने ओली उताबाट कुन मुडमा फर्कने हुन् माओवादीका नेताहरू चिन्तित बनेका छन् । स्रोतका अनुसार स्वास्थ्य उपचारसँगै भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख अनिल धसमानलाई भेट्न ओली बैंकक गएका हुन् ।

अनिल धसमान मंगलबार नयाँदिल्लीबाट बैंकक प्रथान गरेको उच्च स्रोतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले केही दिन अगाडि केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोप्य रुपमा भेटेका थिए ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

सो भेटमा ओलीले मधेस केन्द्रित दल राजपा नेपाललाई सरकारमा ल्याइदिन आग्रह गरेको स्रोतको भनाई छ । त्यसपछि भारतले भने अनुसार आफू काम गर्न तयार रहेको ओलीले राजदूत पुरीलाई आश्वासन दिएका थिए । ओली बुधबार बैंकक प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...