सामुदायीक लघुवित्तको ३ लाख कित्ता आईपीओ माघ ९ गतेदेखि खुल्ने



हाम्रो इकोनोमि

काभ्रेको साँगामा मुख्य कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्तामा लागि मात्र आबेदन गर्न पाँउनेछन् ।

संस्थाको आइपीओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आबेदन गर्न पाईनेछ । प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता सेयर अनिवार्य भएकाले ५० कित्ता भन्दा बढी आबेदन गर्नु फाईदाजनक नहुनसक्छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...