इजलासमै उठ्यो प्रधानन्यायाधीश पराजुलीलाई निलम्बन गरी छानबिन गर्ने कुरा,प्रधानन्यायाधीश यसरी फस्दैछन् संकटमा



हाम्रो इकोनोमि

अधिवक्ता दिनेश त्रिपाठीले डा. गोविन्द केसीले मानहानि गरेको विषयको सुनुवाइ गरिरहेको इजलास प्रधानन्यायाधीश गोपाल पराजुलीलाई उपस्थित गराई उनकाे कुरा बुझ्न सक्षम रहेको दाबी गरेका छन्।

केसीका पक्षबाट बहस गर्ने अर्का अधिवक्ता गोपाल शिवाकोटीले बहस गर्दै न्यायालय निष्पक्ष छ भन्ने प्रमाणित गर्ने याे उत्तम अवसर भएकाे बताए। उनले प्रधानन्यायाधीशलाई सबैले अाराेप लगाइरहेकाे अवस्थामा उनलाइ निलम्बन गरी छानबिन गरिनुपर्ने माग राखे।

उनले डा‍. केसीकाे तर्फबाट बहस गर्दै प्रधानन्यायाधीशलाई पनि इजलासमा झिकाएर उनीमाथि लागेको आरोपको जवाफ खोजिनुपर्ने बताए। डा केसीले अदालतको मानहानि गरेको नभई गरिमा बढाउने काम गरेको उनको भनाइ छ। सर्वोच्च अदालतको चार नम्बर इजलासमा अहिले केसी मुद्दाको बहस भइरहेको छ।

केसीकाे तर्फबाट अधिवक्ताहरु श्रीहरि अर्याल, सुरेन्द्र भण्डारी, गोपाल शिवाकाेटी, विजय मिश्र लगायतले बहस गरिरहेका छन्। अधिवक्ता त्रिपाठीले सत्य नै प्रतिरक्षा हुने भन्दै डा. केसीले भनेकाे कुरा सत्य भए उनी निर्दाेष सावित हुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...