किसान उखुखेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हँुदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् ।

नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताउनुभयो ।

“उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उहाँले भन्नुभयो, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।”

केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उहाँले १० बिगाहमा उखुखेती गर्नुभएको छ ।

उखुखेतीबाट ६ महिनामा रु २० लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताउनुभयो । उहाँले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताउनुभयो ।

“कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...