पत्नीलाई साक्षी राखेर जाँदा जाँदै ओलीले भने-किन आत्तिनुहुन्छ,पन्ध्र दिन पर्खिनुस्, अध्यक्ष को बन्छ थाहा पाइहाल्नुहुन्छ



हाम्रो इकोनोमि

स्वास्थ्य जाँचका लागि थाइल्याण्ड जाँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले आफू फर्केपछि एकता प्रक्रिया अघि बढ्ने बताए। उनले तत्काल प्रदेश प्रमुख र राजधानी तोक्न पनि सरकारसँग आग्रह गरे।

‘पन्ध्र दिनमा नै पार्टी एकता हुँदैछ, त्यसैबेला अध्यक्ष को बन्छ भन्ने कुरा थाहा पाइहाल्नुहुन्छ,’ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने।

उनले एकता हुन नदिने प्रयास र खुराफात चलिरहेको भन्दै ती सबै प्रयास असफल हुने पनि दाबी गरे।
ओलीले संवैधानिक निकायहरु संविधानअनुरुप नचलिरहेको टिप्पणी पनि गरे।

उनले आफू चिकित्सकहरुको सल्लाहमा स्वास्थ्यजाँच गर्न जान लागेको बताए।
मिर्गौला प्रत्यारोपण गरेका ओलीले बैंककस्थित बुङरुगाड अस्पतालमा स्वास्थ्यजाँच गराउने छन्।
उनको साथमा पत्नी राधिका शाक्य, नातेदार राजेश बज्राचार्य र दुई चिकित्सकसमेत गएका छन्। उनी माघ २ गते फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...