यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छः उपराष्ट्रपति पुन



हाम्रो इकोनोमि

उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उहाँले भन्नुभयो– “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।”

उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पु¥याइरहेको यो क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्ने बताउँदै केही दुर्गम जिल्लामा यातायात सेवा अहिले पनि पुग्न नसकेकाले त्यसक्षेत्रमा सडक सञ्जाल पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल तथा प्रदेशसभा सदस्यद्वय इन्द्रबहादुर बानियाँ र प्रेमबहादुर पुलामीले सडक दुर्घटना नियन्त्रणमा यातायात व्यवसायी र राज्य दुवै गम्भीर हुनुपर्नेमा जोड दिदैं जनताको हितका लागि ढुवानी कार्य सहज बनाउन आग्रह गर्नुभयो ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले नेपालको कुना काप्चासम्म यातायात तथा सामान ढुवानी सेवा निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै सडक थप, फराकिलो र गुणस्तरयुक्त निर्माण गरी यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यले नीतिगत सुधार गर्नुपर्ने र यसका लागि छुट्टै यातायात मन्त्रालयको माग गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले नारायणी यातायात व्यवसायी संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...