प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन,केसीको पक्षमा उर्लिए जनता,रिहाई गर्न माग



हाम्रो इकोनोमि

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ। डा केसीको समर्थनमा भेला भएका प्रदर्शनकारीले प्रधानन्यायाशीध गोपाल पराजुली विरुद्ध नारा लगाएका छन्।

डा केसीलाई बिना शर्त रिहाइ गर्नुपर्ने, उनका माग पूरा हुनुपर्ने नारा लगाउँदै प्रदर्शनकारीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा समेत माग गरेका छन्।

आइओएमका पूर्व डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि प्रधानन्यायाधीश पराजुली विरुद्ध सोमबारदेखी डा केसी अनशनमा बसेका हुन्। सर्वोच्चले अदालतका मानहानी मुद्दामा सोमबार नै डा केसीलाई गिरफ्तार गरेको थियो। डा केसीको मुद्दा सर्वोच्च अदालतमा आज बहस जारी छ। डा केसीको हिजो बयान लिइएको थियो।

न्यायाधीश पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको नयाँ इजलासमा डा केसीको मुद्दामाथि बहस जारी छ। मंगलबार डा केसीको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको थियो।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...