बाम एकताका लागी यस्तो बन्यो संयुक्त कार्यदलको कार्यविधि,अध्यक्षको यस्तो छ निर्देशन



राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित वाम गठबन्धनको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा निर्देशन दिएका छन्।

कार्यदलका सदस्य सहितको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले कार्यदलले काम गर्ने कार्यविधि र कार्यादेशका बारेमा निर्देशन गरेका हुन्।

कार्यदलले राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ।

प्रतिवेदन तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको भावना र सन्तुलनलाई आधार बनाइने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदनभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको प्रतिवेदन सहित बाँकी जिम्मेवारी स्वत एकीकृत तहको शीर्ष कमिटीमा जाने कार्यदल सदस्य पुनले जानकारी दिए।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, मातृका यादव तथा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन्।

बैठक भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा बुधबार बिहान बसेको हो।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी