बाम एकताका लागी यस्तो बन्यो संयुक्त कार्यदलको कार्यविधि,अध्यक्षको यस्तो छ निर्देशन



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित वाम गठबन्धनको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा निर्देशन दिएका छन्।

कार्यदलका सदस्य सहितको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले कार्यदलले काम गर्ने कार्यविधि र कार्यादेशका बारेमा निर्देशन गरेका हुन्।

कार्यदलले राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ।

प्रतिवेदन तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको भावना र सन्तुलनलाई आधार बनाइने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदनभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको प्रतिवेदन सहित बाँकी जिम्मेवारी स्वत एकीकृत तहको शीर्ष कमिटीमा जाने कार्यदल सदस्य पुनले जानकारी दिए।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, मातृका यादव तथा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन्।

बैठक भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा बुधबार बिहान बसेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...