यो कस्तो सेटिङ हो आरजु म्याडम ? लत्ता कपडा पनि नछाड्ने



सर्पको मुखमा च्यापिएको भ्यागुताले किरा खान खोजेको उखान आखिर आरजु म्याडमले चरितार्थ गरेरै छाड्ने भइन् । मन्त्रालय र विभागबाट गरिने उठ्तीले नपुगेर प्रधानमन्त्री पत्नीले भन्सार नाकामा समेत सेटिङ मिलाई निरन्तर लाभ हासिल गर्ने वातावरण बनाएको पाइयो ।

नेपाली बजारमा चिनियाँ सामान भित्रिने एक मात्र नाका केरुङ । भारतीयले समेत प्रयोग गर्ने लत्ताकपडादेखि अघिकांश घरायसी सामान, गाडी चिनियाँ छन् । सामानको आयात बढ्को बढेकै छ । तर, राजस्व असुली घट्दो छ । राष्ट्रिय ढुकुटीमा जम्मा हुनुपर्ने रकममा फस्र्ट लेडीसम्मले मुख मिठ्याउँदैसेटिङ गरेपछि बिचरा कर्मचारी चेसको गोटीजस्ता हुने नै भए ।

अख्तियार प्रमुख दीप बस्न्यातका निजी सचिव लक्ष्मण बाँस्तोलाको दरबन्दी नै रसुवा भन्सार कार्यालय हो । उनी काजमा बस्नेतको निजी सचिवालयमा खटिएका छन् । व्यापारमा राम्रै जमेका लक्ष्मणको आफ्नै क्यारिङसम्बन्धी काम गर्ने कम्पनी छ । रसुवाबाट आउने कतिपय ट्रकका सामान लक्ष्मणकै कम्पनीमार्फत भित्रिँदा अब कसले, कसरी जाँच पड्ताल गर्लान् र कसेर राजस्व उठाउलान् रुभन्सार र त्यहाँका कर्मचारीलाई च्याप्प अँठ्याएर बसेका आरजुहरुको शुभलाभको धन्दालाई अलिक खतरा राजस्व अनुसन्धान विभागबाट हुन सक्छ । तर, त्यहाँ पनि रसुवा भन्सारमै दरबन्दी भएका सहायकस्तरका तर उठ्ती र चाकडीमा निकै चालु कर्मचारी देवी थापालाई माथिदेखिकै सेटिङमा काज खटाइएको छ ।

यिनले विभागका सबै गतिविधि र योजनाबारे बालुवाटारदेखि टंगालसम्म रिपोर्ट पु¥याउन गर्छन् । अनि छड्के गस्ती जाँच गरिहाल्दा पनि अनुकूलका अधिकृतलाई कुदाउने गरिन्छ । त्यसैले होला निकै समय भयो न कुनै व्यापारी समातिएका छन् न त कुनै सुन तस्कर नै अप्ठ्यारोमा परेका छन् । नायब सुब्बा देवी तातोपानी भन्सार कार्यालयमा बसेर अकुत सम्पत्ति जोडिसकेका र जुवाको खालबाट समातिएका चर्चित कर्मचारी हुन् । भन्सारका कर्मचारी सामान्यतः काजमा आउँदा भन्सार विभागमा त्यो पनि तीन महिनाका लागि खटिनुपर्ने हो ।

तर, १० महिनादेखि किन करका सुब्बालाई राजस्व अनुसन्धानको कामै हुन नसक्ने हो रु रसुवा भन्सार कार्यालयकाल प्रमुख गोपाल कोइराला स्वयं पनि राजस्व अनुुसन्धान विभागबाटै गएका छन् । राज्यको ढुकुटीमा चुना लगाएर आफ्नै थैली भर्ने आरजु म्याडमको रुचिमै सुब्बा तहको समेत खटनपटन हुने भएपछि भन्सार र राजस्वका प्रमुखहरुले चाहेर मात्र पनि केही नहुने रहेछ भन्ने यो त एउटा सानो दृष्टान्त मात्र हो । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी