सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा



हाम्रो इकोनोमि

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् ।

सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद् विकास कोषमार्फत  निवर्तमान सांसदले रकम खर्च गर्न पाउने निर्णय गरेको थियो । उनले दायर गरेको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र कानुन मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा निवर्तमान सांसदलाई यो अधिकार दिन नहुने रावलको तर्क छ । मुद्दा दायरपछि उनले भने, ‘पूर्वसांसदलाई नै अझै खर्च गर्न दिने हो भने हामी निर्वाचित सांसदको के काम रु’ उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम नवनिर्वाचित सांसदले आफ्नो क्षेत्रमा विकास निर्माणका लागि खर्च गर्न पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...