राष्ट्रियसभाका लागि १० दलले मात्र गरे दल दर्ता



हाम्रो इकोनोमि

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।

माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।

ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । उहाँका अनुसार नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी), विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...