ओलीको पुरानो घरमा एकता संयोजन समितिको बैठकले यसरी बनाऊदैछ पार्टी एकताको यस्तो खाका



हाम्रो इकोनोमि

एकता संयोजन समितिको बैठकका लागि एमाले–माओवादी केन्द्रका सबै नेताहरु बालकोटस्थित ओली निवास पुगेपछि अझै बैठक सुरु हुन सकेको छैन। ३ बजे नै बस्ने भनिएको बैठक सुरु हुन नसक्नुको कारण हो, ओलीका दुई घरमध्ये पुरानो घरमा बैठक बस्ने तयारी। तर अहिले बैठक जारी छ।

एउटै कम्पाउण्ड भएपनि बालकोटमा ओलीका दुई घर छन्। त्यसमध्ये ठूलो बैठक बस्नु प¥यो भने नयाँ घरको बैठक कक्ष प्रयोग गर्ने गरिएको छ भने सानो खालको बैठकका लागि पुरानो घर। संयोजन समितिको बैठक पुरानो घरमा बस्दैछ।

‘एमाले स्थायी समिति ठूलो छ, त्यसैले हिजो नयाँ घरमा बैठक भयो, तर संयोजन समितिको आकार सानो भएकाले पुरानो घरमा बस्दैछ’ स्रोतले भन्यो, ‘तयारीका लागि केही समय लाग्यो, त्यसैले बैठक सुरु हुन ढिलाई भएको हो।’

दुई घरमध्ये नयाँ घरमा ओली बस्दै आएका छन् भने पुरानो घरको तल्लो तलामा सुरक्षाकर्मी बस्छन्। त्यसको माथिल्लो तलामा बैठक कक्ष छ। सानो कक्ष भएपनि ओलीले महत्वपूर्ण भेटघाट र वार्ताका लागि त्यही कक्ष प्रयोग गर्दै आएका

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...