डा गोविन्द केसीलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो यसमा मेरो असहमति छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुलाई विनाविभागीय बनाएपछि गृहको जिम्मेवारी देउवाले सम्हाल्दै आएका हुन् । निर्वाचनको बेला देशभर भएको बम विस्फोट, रुपन्देहीमा केही दिन अघि भएको युवा व्यवसायीको हत्यालगायतका घटनामा देउवा मौन बसे । उनको मौनतालाई धेरैले रहस्यमय भने ।

विभागीय जिम्मेवारी सम्हालेका देउवाले प्रहरी प्रशासनले प्रा.डा. गोविन्द केसीलाई अदालतमा उपस्थित गराउन पक्राउ गरेपछि भने असन्तुष्टि जनाएका छन् । ‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भनेका छन ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’ यसबाट देउवा कति निरिह रहेछन् भन्ने स्पष्ट हुन्छ ।

केसीलाई पक्राउ गरिएको अपजस लिन नचाहेर देउवाले प्रेस संयोजकमार्फत आफ्नो धारणा राखेको पनि हुन सक्छ । अर्कोतर्फ निर्णय कानुनसम्बत भए–नभएको अन्तिम व्याख्या गर्ने निकायप्रतिको अविश्वासको रुपमा पनि देउवाको यो अभिव्यक्तिलाई लिन सकिन्छ । जे होस्, देशमा शान्ति सुरक्षा कायम गराउने र विधिको शासन लागु गराउने जिम्मा पाएको कार्यकारी पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिन भने पक्कै मिल्दैन । यो त देउवाको पानी माथिको ओभानो हुने प्रयास मात्रै हो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...