नाट्टामा शर्मा समूहको उम्मेदवारी



हाम्रो इकोनोमि

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ ।

नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बताउनुभयो ।

उहाँले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । सो अवसरमा शर्माले १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।

नाट्टाको ५१औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् ।

यसअघि सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...