अदालतको अपहेलना ठहर गर्दै डा. केसीलाई यस्तो हुदैछ सजाय



हाम्रो इकोनोमि

सर्वोच्च अदालतको फैसलाविरुद्ध अनावश्यक भ्रम सिर्जना गरेको अभियोगमा डा. गोविन्द केसीमाथि सर्वोच्च प्रशासनले अपहेलना मुद्दा दर्ता गरेको छ। मुद्दामा सोमबार नै सुनुवाइ गरी मंगलबार बयानका लागि अदालतमा पेश गर्न आदेश भए अनुसार केसीलाई सोमबार राति नै पक्राउ गरिएको छ।

मंगलबार अदालतमा बयान सुरु हुनेछ। इजलासले बयान मंगलबार नसकेको अवस्थामा निरन्तर राख्नेछ।

न्याय प्रशासन ऐन २०७३ को दफा १७ न्याय सम्पादनको काम कारबाहीमा अवरोध गरेमा, फैसला वा आदेशको कार्यान्वयनमा अवरोध गरेमा अपहेलनामा कारबाही चलाउन सक्ने अधिकार अदालतहरुलाई दिएको छ। फैसला वा आदेश गर्ने अदालत स्वयंमले टिप्पणी उठाइ वा सार्वजनिक जानकारीमा आएका विषयमा परेका मुद्दामा अदालतले कारबाही गर्न सक्नेछ।

ऐनको दफा १७(४) को व्यवस्था अनुसार केसीले अदालतको अपहेलना गरेको ठहर गरेमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। अदालतले दुबै सजाय समेत गर्न सक्नेछ।

अदालतसामु क्षमा मागेमा अदालतले सजाय कम गर्न वा क्षमाबाट सन्तुष्ट भएमा माफी दिन पनि सक्नेछ। प्राकृतिक न्यायको सिद्धान्त अनुसार न्यायाधीशले आफ्नो मुद्दा आफै हेन पाउँदैनन्। तर, अपहेलना मुद्दामा आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाउने अपवादको कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...