पार्टी एकताका लागी एमाले-माओबादीका नेतालाई ओली निवाशमा निम्ता,आज ३ बजे बलकोटमा के-के हुदैछ?



हाम्रो इकोनोमि

पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आज ३ बजे बस्दैछ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको हो। दुबै पार्टीले १७ असोजमा एकता संयोजन समितिको निर्माण गरेका थिए।

बैठकका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई ३ बजे बालकोटस्थित ओली निवासमा पुग्न भनिएको छ। समितिमा एमालेका ४ र माओवादी केन्द्रका ३ नेता छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओलीका अलवा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका अलावा महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन्।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन्

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...