प्रदेश प्रमुख नियुक्त गर्ने भनिएको आजको बैठक सर्यो,बिहिबार सम्म बैठक नबस्ने तथ्य यस्तो फेला पर्यो



हाम्रो इकोनोमि

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो ।
वाणिज्यमन्त्री मीन विश्वकर्माले दिएको जानकारी अनुसार मन्त्रिपषिद बैठक आज नबस्ने निश्चित भएको छ । उनले भने,‘आजमात्रै होईन, अझै एक दुई दिन बैठक बोलाइएको छैन, आज त बस्दैन् ।’

मन्त्रीहरुले आज सोमबार क्याविनेट बस्ने र प्रदेश प्रमुखहरु नियुक्त गर्ने बताउँदै आएका थिए । हिजामात्रै कानुनमन्त्री यज्ञबहादुर थापाले भनेका थिए,‘हामी भोलि नै क्याविनेट राखेर निर्णय गर्छौं, प्रदेश प्रमुख तोक्छौं।’

सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न यसिअघि दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ ।

प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो । सरकारको यस्तो तयारीप्रति एमालेलगायतका बाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम एकैपटक तोक्नुपर्ने धारणा सार्वजनक गरेको छ ।

अब बन्ने वाम गठबन्धनको सरकारले अहिलेको सरकारले गरेका सबै निर्णयहरु उल्टाईदिने चेतावनी दिएपछि कतिपय साझा व्यक्तिहरु प्रदेश प्रमुख बन्न समेत हच्चिएका छन् । उनीहरुलाई नयाँ सरकारले हटाईदिने हो कि भन्ने डर र चिन्ता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...