प्रदेश प्रमुख नियुक्त गर्ने भनिएको आजको बैठक सर्यो,बिहिबार सम्म बैठक नबस्ने तथ्य यस्तो फेला पर्यो



हाम्रो इकोनोमि

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो ।
वाणिज्यमन्त्री मीन विश्वकर्माले दिएको जानकारी अनुसार मन्त्रिपषिद बैठक आज नबस्ने निश्चित भएको छ । उनले भने,‘आजमात्रै होईन, अझै एक दुई दिन बैठक बोलाइएको छैन, आज त बस्दैन् ।’

मन्त्रीहरुले आज सोमबार क्याविनेट बस्ने र प्रदेश प्रमुखहरु नियुक्त गर्ने बताउँदै आएका थिए । हिजामात्रै कानुनमन्त्री यज्ञबहादुर थापाले भनेका थिए,‘हामी भोलि नै क्याविनेट राखेर निर्णय गर्छौं, प्रदेश प्रमुख तोक्छौं।’

सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न यसिअघि दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ ।

प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो । सरकारको यस्तो तयारीप्रति एमालेलगायतका बाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम एकैपटक तोक्नुपर्ने धारणा सार्वजनक गरेको छ ।

अब बन्ने वाम गठबन्धनको सरकारले अहिलेको सरकारले गरेका सबै निर्णयहरु उल्टाईदिने चेतावनी दिएपछि कतिपय साझा व्यक्तिहरु प्रदेश प्रमुख बन्न समेत हच्चिएका छन् । उनीहरुलाई नयाँ सरकारले हटाईदिने हो कि भन्ने डर र चिन्ता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...