अपहरणपछि हत्या गरेको अभियोगमा चार पक्राउ



हाम्रो इकोनोमि

अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई पक्राउ गरेको छ ।

कालिकोटको तिला ९ बाट गलैँचा व्यापारका लागि नारायणगढ आएका १९ वर्षीय उमेश पाण्डेको पुस ११ गते हत्या गरी नदीमा फालेको आरोपमा चार जना पक्राउ परेका हुन् । मृतक पाण्डेको शव १९ गते नदी किनारमा भेटिएको थियो ।

किटानी जाहेरी परेपछि उनीसँगै व्यापार गर्न हिँडेका कालिकोट २ का अक्कलबहादुर कठायत र गोविन्द पाण्डे, कालिकोट २ का नरेश न्यौपाने र गंगालाल पाण्डे पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध सार्वजनिक मुद्दा चलाइएको थियो । अहिले अपहरण गरी कर्तव्य गरेको आरोपमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...