अपहरणपछि हत्या गरेको अभियोगमा चार पक्राउ



हाम्रो इकोनोमि

अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई पक्राउ गरेको छ ।

कालिकोटको तिला ९ बाट गलैँचा व्यापारका लागि नारायणगढ आएका १९ वर्षीय उमेश पाण्डेको पुस ११ गते हत्या गरी नदीमा फालेको आरोपमा चार जना पक्राउ परेका हुन् । मृतक पाण्डेको शव १९ गते नदी किनारमा भेटिएको थियो ।

किटानी जाहेरी परेपछि उनीसँगै व्यापार गर्न हिँडेका कालिकोट २ का अक्कलबहादुर कठायत र गोविन्द पाण्डे, कालिकोट २ का नरेश न्यौपाने र गंगालाल पाण्डे पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध सार्वजनिक मुद्दा चलाइएको थियो । अहिले अपहरण गरी कर्तव्य गरेको आरोपमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...