निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा सेवा सञ्चालनमा



कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी आयुर्वेद औषधालयले निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनमा ल्याएको छ ।

वाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति सञ्चालनमा ल्याइएको हो ।

पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरी शरीरलाई सुगठित गरी पीडाबाट मुक्ति दिलाई शरीरलाई स्फूर्ति गराइने आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशीले बताउनुभयो ।

“रोगीको रोगको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सातदेखि १४ दिनसम्म उपचार गरिन्छ”, उहाँले भन्नुभयो ।

स्नेहनपछि रोगीलाई नाडी स्वेदनअन्तर्गत नलीको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अंगमा पु¥याउने गरिन्छ ।

औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने वाष्प स्वेदन यंत्र ९वाष्प बाकस० मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

पहिलो पटक औषधालयले प्रयोगमा ल्याएको यस विधिको प्रयोग गरेर उपचार गर्न आउनेहरुको संख्या बढ्दै जान थालेको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालन र सोका लागि आवश्यक सामग्री खरिद गर्न नगरपालिकाको वडा कार्यालयमार्फत रु एक लाख ५० हजार रकम उपलब्ध गराएको छ । सोही रकमबाट औषधालयले वाष्प बाकस र अन्य सामग्री खरिद गरेको छ ।

पञ्चकर्म सेवा शुरु भएकाले यहाँका बिरामीले सेवा लिन अन्यत्र जानु नपर्ने वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाई, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने बताइएको छ ।

औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी अविपत्तिकर, सिटोप्लावी, रक्त लवम्गवी, सम्डिपन, हिमकाष्ट, सतरावी, विलम्वी, भुवनेश्वरी वटी, अतिसार चूर्ण र विभिन्न भष्मबाट निःशुल्क उपचार गरिँदै आएको छ ।

औषधालयमा २९ प्रकारको औषधि पाइने गरेको छ । जसमध्ये चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क पाइने गरेको छ । “स्तनपाई आमाका लागि दुग्धवर्धक सतावरी चूर्ण र सुत्केरी भइसकेपछि मालिस गर्ने तेलसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

वृद्धवृद्धाका लागि थकान कम गर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धवृद्धाको आकर्षण आयुर्वेदिक औषधालय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई