सिंहदरबारभित्र मध्यराति चोरी,क्यान्टिन बाट ४२ हजार चोरियो



हाम्रो इकोनोमि

हेमराज निरौला

देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रोपटक चोरी भएको छ। सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राती चोरी भएको छ।

ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको हो। घटनाको अनुसन्धानका लागि क्यान्टिन संचालकले महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छन्।

व्यापारको पैसा उक्त क्यान्टिनमा राखेकोमा झ्यालबाट छिरेर चोरले लगेको सिलवालले बताए। सिंहदरबारभित्रकै कर्मचारीको चोरीमा संलग्ना रहेको उनको आशंका छ। अनामनगर वृत्तले घटनाको अनुसन्धान सुरु गरकेो छ।

गत पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडिका चार वटा टायर चोरी भएको थियो। सरकारी गाडि चालक चन्द्र बहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो। मोक्तान हालसम्म फरार छन्।

कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै बारम्बारका चोरी घटनाले त्यहाको सुरक्षा अवस्था उदांगो भएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...