नेप्से ७.९७ अंकले बढेपनि सुध्रिएन कारोवार रकम !



हाम्रो इकोनोमि

आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

यसदिन १५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १७ करोड कम हो । गत विहिबार ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड २७ लाखको सेयर किनबेच भयो । करिब आठ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ७२ अर्ब कायम भएको छ ।

यसदिन वित्त र अन्य समूहका बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १६५ अंकले बढेको छ ।

मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टलरी तथा सिनर्जी पावर लगायतको कम्पनीको सेयरमूल्य बढेको छ । यसदिन फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमए ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...