नेप्से ७.९७ अंकले बढेपनि सुध्रिएन कारोवार रकम !



हाम्रो इकोनोमि

आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

यसदिन १५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १७ करोड कम हो । गत विहिबार ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड २७ लाखको सेयर किनबेच भयो । करिब आठ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ७२ अर्ब कायम भएको छ ।

यसदिन वित्त र अन्य समूहका बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १६५ अंकले बढेको छ ।

मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टलरी तथा सिनर्जी पावर लगायतको कम्पनीको सेयरमूल्य बढेको छ । यसदिन फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...