मौरीको घार र महबाट मनग्य आम्दानी



हाम्रो इकोनोमि

बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उहाँले व्यावसायिक सफलता हासिल गर्नुभएकोे हो । खत्रीको उद्योगमा वर्षमा ८०० भन्दा बढी मौरीका घार बन्ने गरेका छन् ।

साठी भन्दा बढी घारमा मौरीपालन गर्नुभएका उहाँले वार्षिक सरदर ५०० किलो मह बेच्नुहुन्छ । प्रतिकिलो रु एक हजारमा मह बेचेर पनि खत्रीले राम्रो आम्दानी गर्दै खत्रीले विसं २०५० देखिको यो पेशालाई व्यावसायिक बनाउनुभएको हो । “शुरुमा रु पाँच लाख लगानी भएको थियो, केहीले उद्योगमा रोजगारी पाएका छन् ”– खत्रीले भन्नुभयो ।

बुबाको सीप र अनुभवबाट सिक्दै परिवार नै मौरीपालनलाई व्यावसायिक बनाउन लागिपरेको खत्रीले बताउनुभयो । उहाँको उद्योगमा बन्ने आधुनिक मौरीका घार लिन बागलुङसहित छिमेकी जिल्लाका किसानसमेत आउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले खत्रीकै उद्योगबाट वर्षेनी सयौँ घार खरिद गर्दै आएको छ । व्यावसायिक मौरीपालक किसानलाई अनुदानमा घार उपलब्ध गराउन कार्यालयले उक्त उद्योगबाट घार किन्ने गरेको छ । खुद्रा किन्दा प्रतिघार रु दुई हजार ५०० पर्ने गरेको छ भने कृषि कार्यालयले एकमुष्ठ किन्दा प्रतिघार रु दुई हजार ४०० तिर्ने गरेको छ ।

कार्यालयले सो मूल्यमा २५ प्रतिशत अनुदान कटौती गरी किसानलाई घार उपलब्ध गराउँदै आएको छ । पर्वत र म्याग्दीका कृषि विकास कार्यालयसँग पनि घार खरिदका लागि पहल गरिएको खत्रीले बताउनुभयो । खत्रीको उद्योगमा आधुनिक ‘न्युटन बी’ सेरेनाको घार बन्ने गरेको छ । घार बनाउन प्रयोग हुने टुनी, उत्तीस, लाँकुरीजस्ता काठ गाउँमै खरिद गर्ने गरिएको छ । घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट किन्ने गरिएको उहाँको भनाइ छ ।

खत्रीका अनुसार उद्योगबाट मौरीसहितका घार पनि बेच्ने गरिएको र त्यस्तो घारको मुख्य रु छ हजार पर्छ । मौरीपालक बढेसँगै आधुनिक घारको माग पनि बढेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । मौरीपालक किसानलाई अनुदान उपलब्ध गराएपछि थप आकर्षण बढेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताउनुभयो । कार्यालयले किसानको दक्षता बढाउन सीपमूलक तालीममा पनि पठाउने गरेको उहाँको भनाइ छ । खत्रीका अनुसार हाल जिल्लामा सात हजारभन्दा बढी घारमा मौरीपालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...