यी हुन् भाबी प्रधानमन्त्री केपी ओलीका छोरा-छोरी,ओली भन्छन-यिनी नभएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला



हाम्रो इकोनोमि

आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान जन्मेका छैनन् । केपी दम्पती भक्तपुरको बालकोटमा बस्छन । उनीहरुले अर्पण र अभिलाषालाई नै आफ्ना छोराछोरी ठान्ने गरेका छन् । केपी दम्पतीकालागि उसै पनि अर्पण र अभिलाषा धेरै टाढाका सन्तान होइनन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । उनीहरुबिचको पारिवारिक सम्बन्ध प्रगाढ छ ।

अन्जन ओली तिनै भाई बुहारी हुन् जसले केपी ओलीलाई आफ्नो मिर्गौला दान दिएकी थिइन् । समान्य आर्थिक अवस्था भएको तारा र अन्जनको परिवारलाई गाह्रो साह्रो परेको बेला केपी ओलीले सहयोग गर्दै आएका छन् । अर्पण र अभिलाषालाई केपी ओली दम्पतीले आफ्नै छोराछोरी ठानेर व्यवहार गर्ने गरेको अन्जन सुनाउछिन । दुबै बोर्डिङ स्कुल पढ्छन् । उनीहरुको पढाई लेखाईको खर्च सबै जेठाजू (केपी ओली) ले तिर्ने गरेका छन् । अन्जनले भनिन, ‘अर्पण र अभिलाषालाई तिमीहरूले जन्मायौं, छोराछोरी मेरा हुन भन्नुहुन्छ ।’ चितवनको घिमिरे परिवारकी छोरी अन्जन घिमिरे झापाका तारा ओलीसँग विवाह गरेपछि ओली परिवारकी बुहारी बनेकी थिइन । जेठाजूलाई मिर्गौला प्रत्यारोपण गराउनु पर्दा अन्जन मिर्गौला दान गर्न तयार भएकी थिइन । केपीलाई मिर्गौला दान गरेपछि ओली परिवारमा उनलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन । मिर्गौला दान गर्ने बेला अन्जनको उमेर २१ बर्ष थियो । केपी ओलीको २०६४ साल असारमा नयाँ दिल्लीस्थित अपोलो अस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जनले मिर्गौला दान गर्ने बेला अर्पण १५ महिनाका थिए भने अभिलाषा पछि जन्मेकी हुन । आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी छन ।हेल्थ टुडेले उल्लेख गरेको छ।

केपी भन्छन, ‘अन्जनले मिर्गौला दान नदिएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला ।’ तारा र अन्जन दम्पती काठमाडौंको गुह्येश्वरी पारि भाडाको कोठामा बस्छिन् । उनीहरु समान्य व्यापार र जागिर गर्छन । सामान्य घरायसी जीवन बिताइरहेका छन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजू ( केपी ) लाई यो या त्यो मागिनन् । उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । ‘कुनै रोग , समस्या नभनी लुकायो भने जेठाजूले झपार्नुहुन्छ’, अन्जनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...