प्लेन नउडे पछी प्रचण्ड गाडीमा काठमाडौँ आउदै,काठमाडौँ आउँन प्रचण्डलाई ओलीले यसरी गरे तगता



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता संयोजन समितिको बैठकका लागि स्थलगमार्गबाटै काठमाडौं आउँदै छन्।

भरतपुर महानगरपालिकाको नगरसभामा सहभागी हुन गत बिहीबार चितवन गएका दाहाल शनिबार नै काठमाडौं फर्कने कार्यक्रम थियो। तर, प्रतिकूल मौसमका कारण जहाज नउडेपछि दाहाल चितवनमै रोकिएका थिए।

शनिबार बस्ने भनिएको एकता संयोजक बैठक आफ्नो कारणले स्थगित भएपछि दाहाल आइतबार स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन्। दाहाल बिहानको खाना खाएर चितवनबाट काठमाडौंतर्फ प्रस्थान गरेको उनी निकट माओवादी नेता सूर्य सुवेदीले जानकारी दिए।

एकता संयोजन समितिको बैठकका एजेन्डाहरु शुक्रबार नै तय भइसकेका छन्। एमाले अध्यक्ष केपी ओली बुधबार नियमित स्वास्थ्य जाँचका लागि थाइल्यान्डको बैंकक जाने भएकाले तीन दिनभित्रै पार्टी एकताको मोडालिटी टुंग्याउन दाहाल काठमाडौं आउन लागेका हुन्।

दाहाल आए लगत्तै एकता संयोजन समितिको बैठक बस्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...