ओली-दाहाल आज यसकारण भेट हुन सकेन,कहिलेलाई जुर्यो साइत



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेट हुन सकेन।

केही दिनदेखि अस्वस्थ रहेका ओलीसँग उनको निवासमा दुई वाम नेताको भेट हुने अड्कलबाजी भइरहेका बेला दाहालको भरतपुर-काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको जानकार स्रोतले बतायो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि हुने पार्टी एकता समायोजन समितिको बैठकपूर्व दाहाल र ओलीबीच भेटवार्ता तय गरिएको छ।

दाहालसँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहेको बुझिएको छ।

यसैबीच स्वास्थ्य परीक्षणका लागि ओली आगामी बुधबार बैंकक गएर चिकित्सकले अन्यथा सल्लाह नदिएमा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको ओली निकट सूत्रले दिएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...