देउवालाई सत्ता नछोडे कुर्सी बाट घिसार्ने भन्दै यसरी जंगीए लालबाबु पण्डित,प्रधानमंत्रीलाई तह लगाउने यस्तो सुनाए मन्त्र



हाम्रो इकोनोमि

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुंगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रँगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् । उनले भने,“हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं।”

साक्षात्कारमा उनले अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयले जुन ठाउँ लिईरहेको त्यसबारे टिप्पणी गर्दै भने,“प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माँग आईरहेको छ। यसलाई मैले अस्वभाविक मानेको छैन ।”

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने,“सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।”
उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा रयाँर्यर्याँई अवस्था रहेको स्मरण गराउँदै भने,“संविधान नै जारी हुन दिन्नौं भन्ने थियो । त्यसकारण यसमा ढिलाई गर्नुहुँदैन्, सरकारले तोक्नुपर्यो।”

प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,“मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएकोछु कि विराटनगर महानगरपालिकादेखि लिएर, ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ।”

पहिला पनि धनकुटा पूर्वाञ्चलको सदुरमुकाम रहेको भएपनि जम्मै कार्यकारी काम विराटनगरमा हुन्थ्यो भन्दै उनले थपे,“तराई, मधेश र पहाडको सन्तुलित बसोबास पनि छ । जनजाति र अन्यवीचको पनि सन्तुलित बसोबास छ । त्यसकारणले सन्तुलित रुपमा जनसंख्याको बसोबासको सिमितता, साझा थलोको रुपमा हुन्छ । अहिले मैले सुन्छु, सरकारले कहिले एकतिर आँखा फर्काएको छ। क्हिले अर्कोतिर अलि अलि रक्तपात होस् भन्ने सरकारले चाहेको हो भने यस्तो नहोस् । क्लियर कुरा हो । तोक्न सक्ने अधिकार हुँदापनि तोक्न नसक्ने हो भने सरकार छोड्नुपरयो ।”

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...