यसरी हुदैछ राष्ट्रियसभा निर्वाचन, कति छन् मतदाता?कहिले आउछ नतिजा ?



हाम्रो इकोनोमि

सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। आयोगसँगको परामर्शपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने निर्णय गरिसकेको छ। यसअघि आयोगले माघ २५ गते निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो।

निर्वाचन मिति घोषणासँगै आयोगले निर्वाचन नियमावली, निर्देशिका र कार्यविधि बनाउने कामलाई अघि बढाएको छ। राष्ट्रियसभा निर्वाचन सम्बन्धी ऐनलाई प्रस्ट  बनाउन आयोग आन्तरिक गृहकार्यमा जुटेको हो।

निर्वाचनको कार्यतालिका आयोगले केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोग स्रोतका अनुसार कार्यविधि बनाउने काम सकिएलगत्तै आयोगले व्यवस्थापकीय अधिकृत नियुक्ति गर्नेछ।

आयोगले सातैवटा प्रदेशमा निर्वाचन कार्यालय स्थापना गर्ने कार्यलाई समेत अगाडि बढाएको छ। कार्यालय स्थापनासँगै मताधिकार पाएका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदको मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसमा दाबी विरोधको सूचना प्रकाशन गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ। लगत्तै राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयम र दाबी विरोधको कार्यक्रम सार्वजनिक गरिनेछ। र, सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

२०५६ मतदाता, १० घन्टाभित्र नतिजा
राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधि गरी ५६ जना निर्वाचित हुनेछन् भने राष्ट्रपतिबाट ३ जना मनोनीत हुनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वाचित हुनेछन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय हुनेछ।

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशबाट २ हजार ५६ जनाले मतदान गर्नेछन्। जसमा प्रदेशसभा सदस्य ५५० र स्थानीय तहबाट प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना रहनेछन्।

आयोगले थोरै मतदाता भएकाले निर्वाचनको मतपत्र अन्तिम समयमा मात्र डिजाइन गर्ने तयारी गरेको छ।

मतदान सकिएको १० घन्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले बताए।

राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सकिएलगत्तै आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सूचीसमेत सार्वजनिक गर्नेछ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...