बैक ठगी काण्डमा सेनाका जर्नेललाई फसाउने यी युवती संग एक सय सत्तरी तोला सुन भेटियो,कहाँ बाट भेला गरिन ८० लाख



हाम्रो इकोनोमि

रमिला खतिवडा

कृषि विकास बैंकको करिब ५ करोड हिनामिना आरोपमा पक्राउ परेकी सोही बैंककी कर्मचारी दिपीका रेग्मीसँग एक सय ७० ग्राम सुनका गहना भेटिएको छ। ठगीकै पैसाबाट उनले ठुलो मात्रामा गहना खरिद गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

कृषि विकास बैंकले लकरबाट गहना भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए। उक्त गहना सिआईबीले रोक्का गरेको छ। लकरमा विभिन्न किसिमका करिब २ किलो सुनका गहना भेटिएको एसपी श्रेष्ठले बताए। जसको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ।

कृषि विकास बैंकको न्यूरोड शाखामा काम गर्ने दिपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो। बैंककी सहायक टेलरका रुपमा काम गर्ने रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरीङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी छिन्। जून घटनामा बैंकका अन्य कर्मचारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ।

करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ मिहामिना भएको सिआईबीका एसपी श्रेष्ठले बताए। त्यसरी ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ। प्रहरीले उनलाई गहना बेच्ने बालाजुमा सुन पसल चलाउने प्रकाश घतानीलाई पनि पक्राउ गरिसकेको छ।

बैंकका शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापालाई पक्राउ गरिसकेको छ। त्यस्तै बैंकका पूर्व कर्मचारी सलिल रेग्मी पनि पक्राउ परिससकेका छन्। उक्त घोटालमा संलग्न सबैजसो व्यक्तिहरु पक्राउ परिसकेको सिआईबीले जनाएको छ। हिनामिनामा दिपिकालाई सहयोग गरेको देखिएपछि बैंकका अन्य कर्मचारी पनि पक्राउ परेका हुन्।

जर्नेलमाथि छानबिन जारी

उक्त घोटाला प्रकरणमा नेपाली सेनाका सहयाक रथी डा.रमेश बिष्टमाथि पनि छानबिन भइरहेको छ। सेनाले आन्तरीक रुपमा उनीमाथि छानबिन गरिरहेको छ।
दिपिकाले ठगी गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा.बिष्टको खातामा जम्मा गरेको खुलेपछि उनी अनुसन्धानमा तानिएका हुन्। डा.बिष्टमाथि इन्क्वायरी जारी रहेको र त्यसको रिपोर्टका आधारमा कोर्टमार्शलबारे निर्णय हुने सैनिक प्रवक्ता सहायक प्रवक्ता गोकुल भण्डारीले बताएको नेपाल लाइभले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...