संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्छौं : मन्त्री बस्नेत



हाम्रो इकोनोमि

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबिसे–ओमपार्क सडक आयोजनाको शुभारम्भ गर्दै लामो संघर्षपछि मुलुकले प्राप्त गरेको संविधानको अक्षरशः पालना गर्न सरकार लागिपरेको बताउनुभयो ।

निर्वाचन आयोग र प्रमुख दलहरुको परामर्शमा सरकार राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको अवगत गराउँदै उहाँले त्यसपछिका कानूनी प्रावधान पूरा गरेर नयाँ सरकार गठन हुने विचार व्यक्त गर्नुभयो ।

सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने उहाँको भनाइ थियो ।

सडक आयोजनाको समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “बाह्रबिसे–ओमपार्क सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।”

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताउनुभयो ।

कूल १४.२ किलोमिटर लम्बाइको उक्त सडक रु ३३ करोड ३० लाख १८ हजार ५३५ को लागतमा निर्माण हुने सडक विभागले जनाएको छ ।

विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजना २०७७ असारमा सम्पन्न हुने संयुक्त लगानीकर्ता (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...