नियमित स्वास्थ्य परीक्षणका लागि केपी ओली बैंकक जाँदै



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।

 

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।

तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।

यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए ।

ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...