एकतापछि दुवै पार्टीका कार्यकर्तालाई समान अधिकार हुनुपर्छ : खनाल



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको छ ।

इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा उहाँले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको हो ।

नेकपा ९एमाले०का पूर्वअध्यक्ष समेत रहनुभएका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै “पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन,” भन्नुभयो ।

दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ, उहाँले भन्नुभयो, “कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन ।”

एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...