काठको अर्डर गर्नु छ भन्दै गोली हानेर दुइ सुटरले यसरी मारे पौडेललाई



हाम्रो इकोनोमि

आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भएको छ।

टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए। मिल व्यवसायी पौडेललाई ‘काठको अर्डर गर्नु छ’ भन्दै अर्डर टिप्न लाग्दा गोली हानेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको डिएसपी डिल्लीराम पाण्डेले बताए।

पौडेललाई गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेले भने ‘गोली किन र कस्ले हान्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले रुपन्देही प्रवेश गर्ने सबै नाका सिल गरेर सर्च गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...