काठको अर्डर गर्नु छ भन्दै गोली हानेर दुइ सुटरले यसरी मारे पौडेललाई



आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भएको छ।

टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए। मिल व्यवसायी पौडेललाई ‘काठको अर्डर गर्नु छ’ भन्दै अर्डर टिप्न लाग्दा गोली हानेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको डिएसपी डिल्लीराम पाण्डेले बताए।

पौडेललाई गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेले भने ‘गोली किन र कस्ले हान्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले रुपन्देही प्रवेश गर्ने सबै नाका सिल गरेर सर्च गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी