गोली हानिएका ब्यापारी पौडेलको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु



रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी काठ व्यापारी वसन्त पौडेलको हत्या गरिएको छ।

देवदहको खैरेनी ढेकारस्थित आफ्नो काठ मिलमा बसिरहेका पौडेलमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्म भण्डारीले बताए।

गुन्डागर्दीमा संलग्न समूहले व्यापारी पौडेललाई गोली प्रहार गरेर भागेको हुन सक्ने उनको भनाइ छ। भण्डारीले हत्याराको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्