मातेर महिला कर्मचारी तर्फ फर्केर पिसाब गर्ने कार्यालय प्रमुख घर बाटै यसरी समातिए



मादक पदार्थ सेवन गरेर कार्यालय आउने गरेको आरोपमा उदयपुरमा एक कार्यालय प्रमुख पक्राउ परेका छन्। सदरमुकाम गाईघाटस्थित यातायात व्यवस्था सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार दिँउसो पक्राउ परेका हुन्।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको टोलीले अनुगमन गर्दा कार्यालयमा नभेटिएपछि उनलाई घरमै गएर पक्राउ गरेको थियो। कार्यालयमा छड्के अनुगमनको पूर्वसूचना पाएपछि तिम्सिना भागेका थिए। टोलीले गैरुनस्थित उनकै घरबाट पक्राउ गरेको हो। ‘मादक पदार्थ सेवन गरी कार्यालय बस्ने गरेको दैनिक गुनासो आउन थाल्यो’, प्रजिअ कँडेलले भने, ‘छड्के अनुगमनमा समेत नभेटेपछि हामीले उनलाई घरमै प्रहरी लगाएर पक्राउ गरेका हौँ।’

कर्मचारीमाथि अभद्र व्यवहार
अनुगमनमा रहेका प्रजिअ कँडेलसँग कार्यालयकै कर्मचारीले गुनासो र असन्तुष्टि पोखेका छन्।

कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले रक्सी खाएर कार्यालय आएका प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने र अश्लील शब्द बोल्ने गरेको गुनासो गरिन्।

अर्की सहयोगी पूर्णिमा मगरले तलबको केही हिस्सासमेत तिम्सिनाले खाइदिने गरेको बताएकी थिइन्। ‘मैले पाउने मासिक ८ हजार रुपैयाँमा ३ हजार रुपैयाँ शिव सरलाई बुझाउने गरेकी छु’, उनले भनिन्, ‘मैले ८ हजार पाउने भनेर कागज गरेकी थिएँ, पछि ५ हजार रुपैयाँ मात्र दिनुभयो, ३ हजार उहाँले नै खाइदिनुभयो।’

कार्यालयमा आएका सेवाग्राहीसँग पनि पैसा लिने गरेको गुनासो सुनेकाले अब विभागीय कारबाही गर्ने प्रजिअ कँडेल बताउँछन्। ‘विभागीय कारबाहीका लागि तयारी गरिरहेको छु, तत्काल नयाँ कार्यालय प्रमुख पठाउन यातायात मन्त्रालयलाई पत्राचार गरेको छु,’ उनले भने।

दरबन्दी ८, काम गर्ने ३ जना
२०७२ साउनदेखि सञ्चालनमा आएको यस कार्यालयमा ८ जनाको दरबन्दी छ। तर, कार्यालय ३ जनाको भरमा सञ्चालन भइरहेको छ।

स्थापनादेखि नै प्रमुख नहुँदा निमित्त प्रमुख तिम्सिनाले कार्यालय सञ्चालन गर्दै आएका छन्। कार्यालयमा प्रमुख १, नायब सुब्बा २, मेकानिकल सुपरभाइजर १, सहायक लेखापाल १, खरिदार १ र कार्यालय सहयोगी २ गरी जम्मा ८ जना सरकारी कर्मचारीको दरबन्दी छ।

अहिले कार्यालयमा निमित्त प्रमुख तिम्सिनासहित खरिदार न्यौपाने र कार्यालय सहयोगी मगर मात्रै छन्। प्रमुखमा शाखा अधिकृतको दरबन्दी भए पनि नायव सुब्बा तिम्सिनाको भरमा कार्यालय चलेको छ।

कार्यालयबाट सवारीसाधन नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्ने लगायतका कार्य सम्पादन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी