बैदेशिक सहायता नपाएपछी टाट पल्टियो सरकार,मुलुकै ठप्प हुने गरिको यस्तो छ ढुकुटीको हालत



हाम्रो इकोनोमि

लगातार एकपछि अर्को महंगो काम गर्दै गएपछि सरकार टाट पल्टिने अवस्थामा पुगेको छ । गत स्थानीय तह निर्वाचनदेखि लगातार निर्वाचनमा ठूलो रकम खर्च गर्दै गएको सरकारले विभिन्न कामहरुमा ठूलो लगानी खर्चिपछि टाट पल्टिने अवस्थामा पुगेको हो ।

सरकारले यो वर्षमा विभिन्न तहका निर्वाचन गर्दा ठूलो रकम खर्च गरेको छ । त्यसबाहेक संघीयता कार्यान्वयनका अन्य शीर्षकहरुमा पनि ठूलो खर्च भएको छ । त्यसैगरी स्थानीय तहहरुलाई ठूलो अनुदान रकम दिनुपरेपछि सरकारलाई यसवर्ष ठूलो आर्थिक झड्का लागेको हो ।
अहिले सरकारी ढुकुटीमा नगद करिब ९ अर्ब मात्रै रहेको छ ।

लगातार ठूलो रकम खर्च भएपछि सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ । साउनदेखि सुरु भएको आर्थिक वर्षको पहिलो छ महिनामा आम्दानीभन्दा खर्च झन्डै एक खर्ब धेरै भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १९ गतेसम्ममा सरकारी आम्दानीभन्दा खर्च ९९ अर्ब रुपैयाँले बढी छ ।

सरकारले पछिल्लो ६ महिनामा मात्रै ३ खर्ब ७३ अर्ब ६ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । यही समयमा २ खर्ब ७३ अर्ब ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

१ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने यो अविधमा सरकारले कुनै वैदेशिक सहायता र ऋण पाएको छैन ।

यसपाली सरकारको मुख्य खर्च चुनाव गर्न, विकास आयोजना सञ्चालन गर्न, स्थानीय तहमा अनुदान दिन, सरकारी ऋणको साँवा ब्याजतिर्न र केही ठूला विकास आयोजनामा रकम निकासामा भएको हो ।

मन्त्रिपरिषदबाट निर्णय भएर पछिल्लो ६ महिनामा करिब एक अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...