प्रधानमन्त्री बन्नु अघि नै प्रधानमन्त्री सरह सुरक्षा पाएका ओलीलाई प्रधानमन्त्री बन्न नदिने यस्तो छ चालबाजी



प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई भावि प्रधान मन्त्रीको रुपमा हेर्न थालिएको छ। नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधान मन्त्री सरहको सुरक्षा प्रदान गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक( डिएसपी)को कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो। यसअघि भने अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा दिँदै आएको थियो।

प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको हो। प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ। प्रधान मन्त्रीको सुरक्षाको कमान्ड डिएसपी कोमल शाहले लिइरहेका छन्।

अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन्। भावि प्रधानमन्त्रीको रुपमा हेरिएको र सुरक्षा चुनौती बढेकाले डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका एक अधिकृतले बताए।

यता काँग्रेसका नेताहरुले बेलावखत प्रचण्डकै कुरामा मेल खानेगरि वाम गठवन्धन तोड्ने रणनीतिका कुरा गर्दै आएका छन्। तर ओपन सेक्रेट यस्ता कुराको कत्तिको अर्थ रहला धेरैको चासोकै विषय हो। तर प्रचण्डले केपी ओलीसँग खुट्टा कमाए एमालेभित्रकै केपी पिडित नेताहरु एक ठाउँमा आएर ओलीलाई रक्षात्मक बनाउन सक्ने आँकलन पनि गरिदैछ। यद्यपी यो खतरा मोल्न माधव नेपाल, झलनाथ र वामदेव गौतमहरु कत्तिको तयार हुन्छन प्रतिक्षाकै विषय हो।

माधव नेपाल, झलनाथ र वामदेव गौतम तयार भएमा अर्को नयाँ समिकरण बन्न सक्ने सम्भावना रहेको छ। यसो हुन सकेमा माधव नेपाललाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति र वामदेवलाई कुनै एक स्थानबाट सांसद बनाउने सम्मको तयारी हुनसक्छ। यो अवस्थामा काँग्रेसले यो समुहलाई सरकारमा नगइ वाहिरैबाट समर्थन जनाउन सक्छ। एमालेकै प्रधानमन्त्री हुँदा माओवादीको समर्थन लिएर एमालेकै अर्का प्रधानमन्त्री भएको इतिहासलाई सम्झनेहरु यो नयाँ सम्भावनालाई नकार्दैनन।

काँग्रेस लगायतका अन्य दलले समर्थन गरेको अवस्थामा पार्टीका आफू निकटहरुलाई लिएर वहुमत पुर्‍याउन सक्ने अवस्था बन्दा माधव नेपालले खनाल र गौतमलाई यो कुरामा सहमत गराउन सक्छन। यद्यपी यो अवस्थामा एमालेका त्रय नेताहरु कैयन चुनौतीबाट गुज्रनु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्