सात अंकले बढ्यो नेप्से, साँढे ५३ करोडको सेयर कारोबार



साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि परिसूचक १४२३ अंकमा कायम भएको छ। १५९ कम्पनीको ५३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।

यस दिन व्यापार, होटल र विकास बैंकबाहेकका सबै उपसूचक बढेका छन्। ति उपसूचक क्रमशः २, ६ र ७ अंकले घटे। बैंकिङ ६, जलविद्युत ४, फाइनान्स १, बिमा १८, उत्पादन ११, अन्य १५ र माइक्रोफाइनान्स उपसूचक ८ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड २६ लाखको कारोबार भयो। बेच्नेले १० प्रतिशतसम्म मूल्य घटाएर बेचे। जसले गर्दा गुमाउनेमा पनि सोही कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रह्यो।

दोस्रोमा रहेको प्रभु बैंकको ५ करोड ६१ लाखको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी संस्थापक तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे।

मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो। अपि पावरका लगानीकर्ताले ५ प्रतिशत कमाए। गुमाउनेमा एसियन लाइफका संस्थापक सेयरपछि सहयोगी विकास बैंकका लगानीकर्ता रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ