सात अंकले बढ्यो नेप्से, साँढे ५३ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि परिसूचक १४२३ अंकमा कायम भएको छ। १५९ कम्पनीको ५३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।

यस दिन व्यापार, होटल र विकास बैंकबाहेकका सबै उपसूचक बढेका छन्। ति उपसूचक क्रमशः २, ६ र ७ अंकले घटे। बैंकिङ ६, जलविद्युत ४, फाइनान्स १, बिमा १८, उत्पादन ११, अन्य १५ र माइक्रोफाइनान्स उपसूचक ८ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड २६ लाखको कारोबार भयो। बेच्नेले १० प्रतिशतसम्म मूल्य घटाएर बेचे। जसले गर्दा गुमाउनेमा पनि सोही कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रह्यो।

दोस्रोमा रहेको प्रभु बैंकको ५ करोड ६१ लाखको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी संस्थापक तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे।

मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो। अपि पावरका लगानीकर्ताले ५ प्रतिशत कमाए। गुमाउनेमा एसियन लाइफका संस्थापक सेयरपछि सहयोगी विकास बैंकका लगानीकर्ता रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...