चितवन पुगेर प्रचण्डले भने-एमाले भित्रै समस्या छ,माओबादीमा छैन,एक प्रधानमन्त्री,अर्को पार्टी अध्यक्ष



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने विषय सहज ढंगले अगाडि बढ्ने बताए।

पार्टी एकता संयोजन समितिले दुवै दलका अध्यक्षलाई दुई प्रमुख नेताका रुपमा निर्णय गरिसकेको भन्दै दाहालले दुवै दलका शीर्ष नेतालाई समुचित भूमिका दिने विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको बताए।

पार्टी एकताका विषयमा एमाले र माओवादी केन्द्रबीच कुनै अप्ठेरो नभएको बताउँदै दाहालले छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको उल्लेख गरे। दाहालले पार्टी एकताबारे नेतृत्व तहमा निकै गम्भीरतापूर्वक छलफल भएको बताए।

राष्ट्रियसभा निर्वाचन लगायतका विषयले नयाँ सरकार गठन हुन समय लाग्ने भएकाले त्यस अगाडि नै पार्टी एकता गर्ने तयारी भएको दाहालको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...