५ बर्षभित्र वैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने नयाँ शक्ति पार्टीको घोषणा



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गर्दै बैठक सकेको छ।

कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ। बैठकपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पाँच बर्षभित्र पार्टी वैकल्पिक शक्ति बनाउने घोषणा गरे।

नयाँ शक्तिले बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा समेत गरेको छ। बैठकले पार्टीले तर्जुमा गरेको नीति जनता समक्ष पुर्‍याउन नसक्नु नै हारको कारण रहेको निष्कर्ष निकालेको छ। संघीय परिषदको बैठकको तयारीका लागि केन्द्रीय समिती बैठक बसेको संयोजक भट्टराईले जानकारी दिए। उनले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने बताए।

सुरुमा पार्टी विस्तार र सुदृढिकरणमा लाग्ने र त्यसपछि समाजिक–राजनीतिक अभियान चलाउने भन्दै भट्टराईले ५ वर्षपछि हुने चुनावमा शसक्त शक्तिमा पार्टीलाई स्थापित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...