कृषि विकास बैंक घोटाला प्रकरणमा मुछिएका जर्नेल सैनिकमाथि कारबाही सुरु



हाम्रो इकोनोमि

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली सेनाका बहालवाला सहायक रथी रमेश विष्टलाई सेनाले कारबाही सुरू गरेको छ।

विष्टलाई सेनाले पक्राउ गरी कोर्ट मार्सल शुरू गरेको छ। उनलाई उपत्यका पृतना नारायणहिटीमा राखेर अनुसन्धान शुरु गरिएको सैनिक स्रोतले जनाएको छ ।

कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको बताइएको थियो ।

उनले आरोप पुष्टि भएमा र गल्ती देखिएमा कोर्टमार्सल हुने सैनिक ऐनमा व्यवस्था रहे पनि अहिले आरोप पुष्टि भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...