कृषि विकास बैंक घोटाला प्रकरणमा मुछिएका जर्नेल सैनिकमाथि कारबाही सुरु



हाम्रो इकोनोमि

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली सेनाका बहालवाला सहायक रथी रमेश विष्टलाई सेनाले कारबाही सुरू गरेको छ।

विष्टलाई सेनाले पक्राउ गरी कोर्ट मार्सल शुरू गरेको छ। उनलाई उपत्यका पृतना नारायणहिटीमा राखेर अनुसन्धान शुरु गरिएको सैनिक स्रोतले जनाएको छ ।

कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको बताइएको थियो ।

उनले आरोप पुष्टि भएमा र गल्ती देखिएमा कोर्टमार्सल हुने सैनिक ऐनमा व्यवस्था रहे पनि अहिले आरोप पुष्टि भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...