आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु



हाम्रो इकोनोमि

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ ।

बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो ।

जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताउनुभयो ।

करिब रु ५० लाख लागत लाग्ने यो मेसिन राष्ट्रिय क्षयरोग केन्द्रले अनुदानमा खरिद गरी यस अस्पतालमा जडान गरिएको हो । सो मेसिनबाट दुई घण्टाभित्र क्षयरोगीको वास्तविक अवस्थासहित कुन औषधि प्रयोग गर्न राम्रो हुनेलगायतका जानकारी प्राप्त गर्न मद्दत गर्छ ।

एकैपटकमा चारजना बिरामी जाँच गर्ने यस आधुनिक मेसिनबाट निःशुल्करुपमा बिरामीलाई जाँच गरिने समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ ।

क्षयरोग परीक्षण गराउन आउने बिरामीलाई दूरीको हिसाबले यातायात खर्चसमेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी कार्यालयले जनाएको छ ।

सो उपकरणमार्फत चिकित्सकलाई क्षयरोगका बिरामीको पहिचान गर्न र किटाणु पत्ता लगाउन सजिलो हुने अपेक्षा गरिएको छ ।

विगतका दिनमा क्षयरोगको रिपोर्ट धैरै दिन लाग्ने भए पनि आधुनिक मेसिनले दुई घण्टामै रोग पत्ता लगाउनासाथ किटाणुसमेत पत्ता लगाउन मद्दत गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन अनन्तकुमार शर्माको भनाइ छ ।

चालू आव २०७४/७५ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा कूल ३८२ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खासगरी राजमार्गसहित दक्षिणी क्षेत्र यो रोगको बढी जोखिममा छ । गत आवमा नवलपरासीमा ९१७ जना क्षयरोगको बिरामी फेला परेको तथ्यांक छ । नवलपरासी जिल्ला क्षयरोगको उच्च जोखिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...