प्रदेशसभा समानुपातिक सांसदमा कांग्रेसबाट ४ जनाको नाम आउट,सूची सच्चिएपछि प्रदेशसभाका सांसदमा को-को परे (नामसहित)



हाम्रो इकोनोमि

नेपाली कांग्रेसबाट प्रदेशसभातर्फ समानुपातिक सूचीको नाम सच्याएर निर्वाचन आयोग पठाएको छ।

प्रदेशसभाको ७२ सिटका लागि यसअघि पठाइएको सूची त्रुटिपूर्ण रहेको भन्दै आयोगले सच्याउन तीन दिनको समय दिएको थियो।सच्याएर पठाइएको सूचीमा प्रदेश नम्बर १ मा टेकचन्द्र विश्वासको नाम हटाइएको छ। उनको ठाउँमा कल्पनाकुमारी सरदारलाई समेटिएको छ। यस्तै सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम आयोगमा पेश गरिएको छ।

क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम यसअघिको सूचीमा पठाइएको थियो।

प्रदेश नम्बर २ मा भने सलमा खातुनको नाम हटाएर आदिवासी जनजाति कोटाबाट शोभा लामाको नाम बुझाइएको छ। त्यसैगरी प्रदेश ५ मा सूर्यमति उपाध्यायको सट्टा शान्तिदेवी बर्मा सोनारलाई दलित कोटाबाट पठाइएको छ।

सूची सच्चिएपछि प्रदेशसभाका सांसदमा कोको?
प्रदेश १ (१३)
प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, शान्ता पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, कल्पनाकुमारी सरदार, ओम सराबगी, सञ्जाकुमारी दनुवार

प्रदेश २ (११)
शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, शोभा लामा

प्रदेश ३ (१४)
मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४ (९)
मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५ (१२)
बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, शान्तिदेवी बर्मा, याकुब अन्सारी

प्रदेश ६ (५)
यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७ (८)
गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा बादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...