ओलीनै प्रधानमन्त्री हुनु पर्छ भन्ने छैन भन्दै माधब नेपालले यसरी गरे प्रचण्डको तारिफ,ओली प्रति किन यस्तो रिस?



नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वाम पार्टीको एकता जतिसक्दो चाँडो गर्नुपर्ने बताएका छन्। नेता नेपालले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को हुने कुनै तय नभइसकेको समेत जानकारी दिए।

नेता नेपालले दुई पार्टीमा नै एकताका लागि तयारी भइरहेको बताए। रिपोटर्स क्लबले आयोजित साक्षत्कार कार्याक्रममा नेता नेपालले भने, ‘सरकार गठन ढिलो हुने भएकाले पहिले एकता गर्नुपर्छ।’

नेता नेपालले पार्टी कमिटी सानो र छरितो बनाउनु पर्ने बताए। उनले भने, ‘पदको हानथाप र मारामार गर्ने होइन। मानिसको मुल्याङ्कन गरेर व्यवस्थापन गर्नुपर्छ।’ उनले पाँच वर्ष वाम गठवन्धनलाई सरकार चलाउने विषयमा अवरोध सृजना नगर्न समेत उनले आग्रह गरे। नेता नेपालले नेपाली कांग्रेसलाई इंकित गर्दै भने, ‘केही गलत भए खबरदारी गर्नुहोस् तर विना कारण विवाद नल्याउनु होला।’

त्यस्तै नेता नेपालले अब बन्ने सरकारलै दुई मित्र राष्ट्रसँग समधुर सम्बन्ध राखेर अगाडि बढ्ने दावी गरे। ‘हामी कसैको आन्तरिक मामिलामा हात हाल्दैनौं हाम्रोमा पनि नहाल्दिनुहोला,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

      राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको