ओलीनै प्रधानमन्त्री हुनु पर्छ भन्ने छैन भन्दै माधब नेपालले यसरी गरे प्रचण्डको तारिफ,ओली प्रति किन यस्तो रिस?



हाम्रो इकोनोमि

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वाम पार्टीको एकता जतिसक्दो चाँडो गर्नुपर्ने बताएका छन्। नेता नेपालले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को हुने कुनै तय नभइसकेको समेत जानकारी दिए।

नेता नेपालले दुई पार्टीमा नै एकताका लागि तयारी भइरहेको बताए। रिपोटर्स क्लबले आयोजित साक्षत्कार कार्याक्रममा नेता नेपालले भने, ‘सरकार गठन ढिलो हुने भएकाले पहिले एकता गर्नुपर्छ।’

नेता नेपालले पार्टी कमिटी सानो र छरितो बनाउनु पर्ने बताए। उनले भने, ‘पदको हानथाप र मारामार गर्ने होइन। मानिसको मुल्याङ्कन गरेर व्यवस्थापन गर्नुपर्छ।’ उनले पाँच वर्ष वाम गठवन्धनलाई सरकार चलाउने विषयमा अवरोध सृजना नगर्न समेत उनले आग्रह गरे। नेता नेपालले नेपाली कांग्रेसलाई इंकित गर्दै भने, ‘केही गलत भए खबरदारी गर्नुहोस् तर विना कारण विवाद नल्याउनु होला।’

त्यस्तै नेता नेपालले अब बन्ने सरकारलै दुई मित्र राष्ट्रसँग समधुर सम्बन्ध राखेर अगाडि बढ्ने दावी गरे। ‘हामी कसैको आन्तरिक मामिलामा हात हाल्दैनौं हाम्रोमा पनि नहाल्दिनुहोला,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...